१६ बैशाख २०८१, आईतवार
Follow Us

चुनावको मुखमा ट्रम्पकी दिदीलाई केको रिस ?

नेपालब्रिटेन संवाददाता
८ भाद्र २०७७, सोमबार ०४:१५

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी दिदीले आफ्ना भाइ कुनै सिद्धान्त नै नरहेको झुटो व्यक्ति रहेको बताएकी छन् । संघीय अदालतकी पूर्व न्यायाधीश समेत रहेकी मेरियान ट्रम्प ब्यारीले भाइ डोनाल्ड ट्रम्पका बारेमा बोलेको कुरा अडियो सार्वजनिक भएको हो ।

भाइका बारेमा मेरियान ट्रम्पले बोलेको कुरा उनकी भतिजी मेरी ट्रम्पले रेकर्ड गरेकी हुन । मेरीले गत महिना राष्ट्रपति ट्रम्पका बारेमा सनसनी पूर्ण पुस्तक प्रकाशित गरेकी थिइन ।

यस्तै मेरी ट्रम्पले पुस्तकमा ट्रम्पले आफ्नो परीक्षा आफै नदिने गरेको उल्लेख गरेकी थिइन् । सार्वजनिक भएको अडियो रेकर्डमा ब्यारीले पनि सो कुरा दोहोर्‍याएकी छिन । कानूनी झमेलाबाट आफूलाई बचाउनका लागि सो रेकर्ड गरेको मेरी ट्रम्पले बताएकी छन् ।

अडियोमा ब्यारीले ट्रम्प प्रशासनको आप्रवासी नीतिको गम्भीर आलोचना गरेकी छन् । अडियो सार्वजनिक भएपछि ट्रम्पले ह्वाइट हाउस मार्फत वक्तव्य जारी गरेर दिनैपिच्छे आउने फरक कुराको चासो नभएको प्रतिक्रिया दिएका छन् । नोभेम्बर तीनमा राष्ट्रपति चुनाव अघि सार्वजनिक अडियो र परिवारका सदस्यका अभिव्यक्तिले ट्रम्पलाइ थप समस्या पार्ने देखिएको छ ।