२२ बैशाख २०८१, शनिबार
Follow Us

चितवनमा ५ वर्षीया बालिकासहित थप १२ जनामा संक्रमण

नेपालब्रिटेन संवाददाता
८ भाद्र २०७७, सोमबार ०४:२३

चितवन । चितवनमा पाँच वर्षीया बालिकासहित थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर महानगरपालिकाको वडा नम्बर ७, ९, १०, ११ र १२ का ५ जना पुरुष र ७ जना महिलामा ५ देखि ५५ वर्ष उमेर समूहका मानिसमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये केही भरतपुर महानगरको क्वारेन्टाइन र केही पुरानो मेडिकल कलेजका रहेका छन् ।

चितवनमा दिनहुँ संक्रमित बढ्दो क्रममा रहेको छ । जसका कारण जनजिवन पुर्ण रुपमा प्रभावित र तरङ्ति समेत भएको छ । चितवनमा संक्रमित मध्ये धेरैजसो महानगरका भित्रका रहेका छन् । चितवनमा कोरोना संक्रमित हुनेहरुको संख्या ३ सय ६४ पुगेको छ ।