१६ बैशाख २०८१, आईतवार
Follow Us

१३ गते नेकपा सचिवालय बैठक

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०७७, मंगलवार ०७:३२

काठमाडौँ । सत्तारुढ नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको बैठक सकिएको छ । कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न बसेको करिब २ घण्टा लामो बैठक भदौ १३ गते सचिवालय बैठक बस्ने निर्णय गर्दै सकिएको सूर्य थापाले जानकारी दिएका छन् । पार्टीको आन्तरिक विवाद समाधान गर्नका लागि सुझाव दिन गठीत कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न आज दुई अध्यक्षको बैठक बसेको थियो । अब उक्त प्रतिवेदनमाथि १३ गतेको सचिवालय बैठकमा पनि छलफल हुने बताइएको छ ।