काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । भोलि शनिबार बस्ने तय भएको सचिवालय बैठक आउँदो १८ गतेसम्मका लागि स्थगित भएको छ ।
नेकपाका सचिवालय सदस्यद्वयसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलको सम्पर्कमा रहेका व्यक्तिमा कोरोना पुष्टि भएसँगै बैठक स्थगित गरिएको एक नेताले जानकारी दिए ।