२६ बैशाख २०८१, बुधबार
Follow Us

मछिन्द्रनाथको रथयात्रा टुंग्याउन माग गर्दै पुल्चोकमा प्रदर्शन

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०७७, बिहीबार ०७:२४

काठमाडौं । रातो मछिन्द्रनाथको जात्रा टुंग्याउन माग गर्दै स्थानीयले आज प्रदर्शन गरेका छन । कोरोना भाइरसको कारण देखाउँदै पुल्चोकमा भेला भएर स्थानीयले लामो समयदेखि रथलाई त्यतिकै राख्न नहुने भन्दै जात्रा चलाउनुपर्ने माग गरेका हुन् । रथयात्राको निरन्तरताको माग गर्दै उनीहरुले रथ निर्माण गरिएको स्थलम पुल्चोकमा प्रदर्शन गरेका हुन् ।

गुठीयार र ललितपुरका बासिन्दाले रथ तयार गर्ने तर यात्रा गर्न नदिने कार्य संस्कृति मिच्ने खाले किसिमको भएको आरोप लगाएका छन । ब्यवस्थित तरिकाले मछिन्द्रनाथ बुङमति नै पठाउने वातावरण प्रशासनले नबनाए आफुहरु रथयात्रा चलाउन बाध्य हुने चेतावनी स्थानीयको छ ।

आउँदो असोज २ पुरुषोत्तम महिना सुरु हुने र पुरुषोत्तम महिनामा धार्मिक गतिविधि गर्न नहुने भएकोले त्यसअघि नै जात्रा पुरा गर्न गुठियारहरुले माग गरेका छन् ।

चैत २७ गते रातो मन्छिन्द्रनाथको महास्नानपछि वैशाख १२ गते रथमा राख्नुपर्नेमा कोरोना संक्रमणका कारण गएको साउन १० गते मात्र मूर्तिलाई रथमा विराजमान गरिएको थियो । सरकारले निषेधाज्ञा लागू गरेपछि अहिले रातो मच्छिन्द्रनाथको मूर्तिसहितको रथ पुल्चोकमा अलपत्र अवस्थामा छ ।