२१ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०७७, शनिबार १२:४८

काठमाडाै‌ं । काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४०८ जनामा कोरोना पुष्टि भएको हो । काठमाडौंमा अहिलेसम्मकै धेरै संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना कोरोना संक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।