२१ बैशाख २०८१, शुक्रबार
Follow Us

गोरखा अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

नेपालब्रिटेन संवाददाता
२१ भाद्र २०७७, आईतवार ०६:०३

गोरखा । गोरखा अस्पतालमा मस्तिष्कघातबाट मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार दिउँसो घरमा अचानक अचेत भएकी गोरखा नगरपालिका ७ घर भएकी ६५ वर्षीया वृद्धालाई अस्पताल भर्ना गरिएको थियो । सोही क्रममा उनको मृत्यु भएको थियो । चितवनमा उपचार सम्भव नभएपछि ति वृद्धा घर फर्केकी थिइन् । घर आए लगत्तै उनका दुई छोरा र एक बुहारीमा पनि कोरोना संक्रमण देखिएको थियो ।