२१ बैशाख २०८१, शुक्रबार
Follow Us

धरानमा थपिएका ७० कोरोना संक्रमितमध्ये ६१ जना सेनाका जवान

नेपालब्रिटेन संवाददाता
२१ भाद्र २०७७, आईतवार ०९:०५

धरान । सुनसरीको धरानमा एक दुई वर्षीया बालिकासहित ७० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेमा धरान १३ स्थित फुस्रे आर्मी ब्यारेकका ६१ सेनाका जवान रहेका छन् ।

त्यस्तै दुई वर्षीया एक सेनाकी छोरी र इलाका प्रहरी कार्यालय धरानका दुई प्रहरी र छ जना थुनुवाहरुमा पनि संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै सुनसरीको धरानमा मात्र संक्रमितको संख्या २७५ पुगेको छ । पछिल्लो समयमा सुनसरीका धरान इटहरी, दुहवीमा संक्रमितको संख्या बढेको छ ।