२१ बैशाख २०८१, शुक्रबार
Follow Us

थप ९ सय ८० जनामा कोरोना संक्रमण, १ हजार ८१४ जना डिस्चार्ज

नेपालब्रिटेन संवाददाता
२१ भाद्र २०७७, आईतवार ११:३२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको जानकारी दिए । गौतमका अनुसार २४ घण्टामा २९० महिला र ६९० पुरुष गरेर ९८० जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २४ घण्टामा १८ सय १४जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २८ हजार ९४१ पुगेको छ। यो कुल संक्रमितको ६३ प्रतिशत हो । नेपालमा संक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ। पछिलो २४ घण्टामा १० हजार ३८२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।अहिले संस्थागत आइसोलेसनमा ६ हजार २०१ रहेका छन्।

उपत्यकामा थपिए ३५४ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका थप ३ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ सय ९०, भक्तपुरमा ३२ र ललितपुरमा ३२ जना संक्रमित थपिएका छन् । त्यस्तै कोरोना संक्रमणबाट उपत्यकामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तिनैजना काठमाडौंका पुरुषहरु रहेका छन् ।