२९ बैशाख २०८१, शनिबार
Follow Us

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, थप ५ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०७७, बिहीबार ११:२३

काठमाडौं । नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । जसमध्ये १ जना महिला र ४ जना पुरुष रहेका छन् । मृतकमध्ये तीन जना काठमाडौंका मात्रै रहेका छन् । जसअनुसार काठमाडौंका ५५ वर्षीया महिला ५९, ८३ पुरुष रहेका छन् । यस्तै, चितवनका ६२ वर्षीय पुरुष र कपिलवस्तुका २९ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट ३१७ जनाको मृत्यु भएको छ ।