दोहा । अफगानिस्तान सरकार र तालिवान बिद्रोहीबीच आज पहिलोपटक खाडी मुलुक कतारमा शान्ति वार्ता हुँदैछ । अफगानिस्तानमा चार दशकदेखि चलेको युद्ध अन्त्यको प्रयास स्वरुप वार्ता हुन लागेको हो ।
अमेरिकाको मध्यस्ततामा दुई पक्षबीच वार्ता हुन लागेको हो । यसअघि नै वार्ताको प्रयास भएपनि सम्भव हुन सकेको थिएन । अफगान सरकार र तालिवानका प्रतिनिधिबीच पहिलो पटक प्रत्यक्ष वार्ता हुन लागेको हो ।
यसअघि तालिवानले सरकारका प्रतिनिधिसँग भेट्न अस्वीकार गर्दै आएका थिए । वार्तामा सहभागी हुनका लागि दोहा जाने क्रममा अमेरिकी विदेश मन्त्री माइक पोम्पोओले यसलाई ऐतिहासिक घटना भनेका छन् । अफगानिस्तान सरकार र तलिवान दुबैका वार्ता टोलीका प्रमुखहरु शुक्रबार नै दोहा पुगेका छन् ।
फेब्रुअरीमा अमेरिका र तालिवानबीच सुरक्षा सम्झौता भएपछि वार्ताको वातावरण तयार भएको हो । पछिल्लो समय दुवै पक्ष राजनीतिक सहमति गरी हिंसा अन्त्यका लागि प्रयासरत छन् ।