२१ बैशाख २०८१, शुक्रबार
Follow Us

कुनै बेला कोरोना हब बनेको बेलायतमा अहिले प्रायः शुन्य

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०७७, शनिबार ०६:११

लन्डन । बेलायतमा करीब सात महिनाअघि कोरोनाको संक्रमणबाट ७० वर्षिय महिलाको पहिलो निधन भएको थियो । यो नै कोभिड–१९को संक्रमणबाट बेलायतमा पहिलो व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको थियो । कोरोनाको संक्रमण देखिएपछि केही दिनअघि अस्पताल भर्ना भएकी थिइन् उनी ।

त्यसबेला बेलायतमा कोरोना संक्रमितको संख्या १ सय १६ मात्र पुगेको थियो । चैत १२ गतेसम्म आइपुग्दा वेलायती राजकुमार चाल्र्सलाई पनि कोरोनाको संक्रमण भएको सार्वजनिक भएको थियो, जतिबेला वेलायतमा ४ सय २२ जना व्यक्ति कोरोनाको संक्रमणबाट मृत्यु भैसकेको थियो भने ८ हजारलाई कोरोनाको संक्रमणले भेटेको थियो ।

त्यसपछि व्यापक परीक्षण सुरु गरेको बेलायतले शनिबार बिहानसम्म १ करोड ९२ लाख ९३ हजार ३२९ पु¥याएको छ । छ महिनाअघि १ सय १६ जना संक्रमित भएको बेलायतमा शनिबार बिहानसम्ममा कुल कोरोना संक्रमितको संख्या ३ लाख ६१ हजार ६ सय ७७ पुगिसकेको छ ।

संक्रमितमध्ये प्रायः सबैलाई निको भैसकेको छ । शनिबार बिहान ७ बजेसम्ममा ४१ हजार ६ सय १४ जना मरिसकेका छन् भने ७८ जना मात्र सिरियस कोरोनाका बिरामी छन् । शुक्रबार ६ जनाको मात्र निधन भएको थियो । शुक्रबार २६ भदौमा ३,५३९ कोरोनाका संक्रमित थप भएका छन् भने ६ जना संक्रमितको निधन भएको छ ।

सेप्टमबर १० अर्थात भदौ २५ गते बिहीबार २,९१९ संक्रमित थप भएका थिए भने १४ जनको कोरोनाको संक्रमणबाट ज्यान गएको थियो । त्यस्तै, गत बुधबार २, ६५९ संक्रमित थप भएकोमा त्यही दिन ८ जनाको ज्यान गएको थियो । सेप्टेम्बर ६ र ७ मा क्रमशः २ र ३ जनाको मृत्यु भएको थियो ।

८ सेप्टेम्बरमा ३२ जनाको कोरोनाको संक्रमणबाट निधन भएको वर्ड मिटर्सले आप्mनो वेभसाइटमा राखेको छ । ६ करोड ७८ लाख ८६ हजार ११ जनसंख्या भएको बेलायतमा क्रमशः कोरोना संक्रमितको संख्या र मृतको संख्या पनि घट्दै गएको छ भन्ने माथीको तथ्यांकले देखाउँछ ।