२२ बैशाख २०८१, शनिबार
Follow Us

सेनिटाइजर उत्पादन गर्ने पाँच उद्योग कारबाहीमा

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०७७, शनिबार ०९:१९

काठमाडौं । मापदण्ड विपरीत सेनिटाइजर उत्पादन गर्ने पाँच वटा उद्योगलाई औषधि व्यवस्था विभागले कारबाही गरेको छ । मापदण्ड विपरीत विषाक्त मिथानोल हालेर सेनिटाइजर उत्पादन गर्ने काठमाडौंका चार र भक्तपुरको एक उद्योग कारवाहीमा परेका हुन् ।

कारबाहीमा पर्नेमा काठमाडौंका हाइजिङ सोप एन्ड केमिकल, आधार केमिकल एन्ड फुड इन्डस्ट्री, सर्च केम कम हर्बल प्रोडक्ट, सूर्यमुखी हर्बल प्रोडक्ट रहेका छन । भक्तपुरको नेपाल कायाकल्प उद्योग पनि कारबाहीमा परेको छ । भक्तपुरको कम्पनीलाई भने विभागले यसअघि नै बन्द गरिसकेको छ ।

विभागले पाँचवटै उद्योगका सेनिटाइजर प्रयोग नगर्न सुचित गरेको छ । मिथानोल प्रयोग गरेको सेनिटाइजर प्रयोग गर्दा स्वास्थ्यमा यसको प्रतिकूल असर पर्ने विभागले जनाएको छ । विषाक्त पदार्थ मिसाउने उद्योगलाई औषधि ऐन, उपभोक्ता हित संरक्षण ऐन र जनस्वास्थ्य ऐनअन्तर्गत क्षतिपूर्ति सहितको जरिवाना गर्नुका साथै बन्द गर्ने तयारी विभागले गरेको छ ।

उद्योगहरुको बजारमा भएका स्यानिटाइजर जफत गरेर नष्ट गर्ने तयारी समेत गरिएको छ । विभागले तोकेको मापदण्डमा सेनिटाइजरमा इथानोल बाहेकका अन्य रसायन प्रयोग गर्न पाइन्न् ।