२३ बैशाख २०८१, आईतवार
Follow Us

रोल्पामा पहिरोमा पुरिएर २ बालकको मृत्यु

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०७७, शनिबार ०९:१९

रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका एक पाँङ ऐपेमा पहिरोले घर पुरिँदा ओछ्यानमा सुतिरहेको अवस्थामा दुई बालकको मृत्यु भएको छ । स्थानीय ज्ञानसिंह घर्ती मगरका आठ वर्षका छोरा अमर र ११ वर्षका छोरा युवराजको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । हजुरबुवा, हजुरआमा र आमासँगै सुतेका उनीहरुको माथिबाट खसेको पहिरोले घर पुर्दा मृत्यु भएको हो । परिवारका अन्यलाई भने चोटपटक लागेको छैन । मृतक बालकका बाबु भने रोजगारीको शिलशिलामा भारतमा रहेका छन् ।