२१ बैशाख २०८१, शुक्रबार
Follow Us

सिन्धुपाल्चोक पहिरो : मृत्यु हुनेको संख्या १३ पुग्यो

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०७७, सोमबार ०७:२७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा सात स्थित घुम्थाङको भीरखर्क र नागपूजेमा शनिवार मध्यराति आएको पहिरोमा परी बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । शवको पहिचान खुल्न बाँकी रहेको छ । योसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

पहिरोमा परी अझै १८ जना बेपत्ता छन् । उनीहरुको प्रहरी र स्थानीयले खोजी जारी राखेका छन् । पहिरोबाट ३० घर पूर्ण रुपमा क्षति पुगेको छ । साठी घर जोखिममा परेका छन् । पहिरोमा परी ९ जना घाइते भएका छन् ।

पहिरोबाट विस्थापितका लागि अस्थायी बासस्थान निर्माण थालिएको थियो । नागपूजेकै आसपासमा विस्थापितका लागि २० वटा टेन्ट बनाइएको हो । पहिरोमा परी नागपूजे र भीरखर्कका १ सय ६२ घर परिवार प्रभावित भएको बा¥हबिसे नगरपालिकाले जनाएको छ ।

पहिरोमा मृत्यु हुनेका परिवारलाई एक लाख सहयोग गर्ने बाह्रबिसे नगरपालिकाले घोषणा गरेको छ । घाइतेहरुको सम्पूर्ण उपचार खर्च नगरपालिकाले ब्यहोर्ने भएको छ ।