५ आश्विन २०८२, आईतवार
Follow Us

प्रधानमन्त्री परिवर्तनले मात्रै जनताको जीवनस्तर सुधार हुँदैनः शाही

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०८२, आईतवार ११:५९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानबाहादुर शाहीले देशमा प्रधानमन्त्री मात्र परिवर्तन गरेर जनताको जीवनस्तर सुधार नहुने तर्क गरेका छन ।

नेता शाहीले सामाजिक सञ्जालमार्फत केही महत्त्वपूर्ण बुँदाहरू अगाडि सार्दै देशको समृद्धि र सुशासनका लागि शासन व्यवस्थामा नै व्यापक फेरबदल र संविधानका केही धाराहरू परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेजी , संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द , भ्रष्टाचारीलाई कडा कारबाही, राष्ट्रिय एकता कायम गर्न सकेमा मात्रै देश विकास हुने बताएका छन ।

उनले यी बुँदाहरू लागू नभएसम्म देशमा केवल कुर्सीको परिवर्तन मात्र हुने र त्यसले जनताको जीवनस्तरमा कुनै सुधार नआउने शाहीको तर्क छ । उनले युवाहरूलाई यी एजेन्डालाई आत्मसात् गरी अगाडि बढ्न आग्रह गरेका छन् ।

धेरै पढिएको