३ श्रावण २०८२, शनिबार
Follow Us

ओलीको शुभकामनामा मोदीद्वारा सुदृढ सम्बन्धको कामना

नेपालब्रिटेन संवाददाता
१ आश्विन २०७७, बिहीबार ११:२३

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन चाहेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले दिएको जन्मदिनको शुभकामनाको जवाफमा मोदीले ट्विटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन । उनले ऐतिहासिक र संस्कृतिक आधारमा भारत–नेपाल सम्बन्धलाई थप सुदृढ बनाउन चाहेको ट्विटमा उल्लेख गरेका छन ।

सीमा विवादका कारण केही महिनादेखि सम्वन्ध सहज नभएको अवस्थामा प्रधानमन्त्री मोदीको पछिल्लो प्रतिक्रिया आएको हो । प्रधानमन्त्री ओलीले विहान ट्विटमार्फत मोदीलाई जन्मदिनको शुभकामना दिएका थिए । नेपालले लिम्पियाधुरा सहितको क्षेत्र समेटेर नयाँ राजनीतिक नक्सा प्रकाशित गरेर संविधान समेत संशोधन गरेयता दुई देशबीच औपचारिक छलफल हुन सकेको छैन ।

धेरै पढिएको