२० बैशाख २०८१, बिहीबार
Follow Us

नेकपा सचिवालय बैठक स्थगित

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०७७, शुक्रबार ०७:५६

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक तयारी पूरा नभएको भन्दै आइतबारसम्मका लागि स्थगित भएको हो ।

बैठक बिहान ११ बजे पेरिसडाँडा कोटेश्वरमा बस्ने तय भएको थियो । भदौ छब्बिस गते सम्पन्न स्थायी कमिटीको बैठकले सरकार, पार्टी सङ्गठन, पार्टीको महाधिवेशन, सीमा विवाद, एमसीसी, अध्यक्षद्वयको कार्यविभाजन, कोरोना नियन्त्रण तथा रोकथामलगायतका विषयमा निर्णय गरेको थियो ।

तिनै निर्णयहरु कार्यान्वयनका विषयमा नेकपाले सचिवालयमा छलफल गर्न लागेको हो । मन्त्रीमण्डल पुनर्गठन पनि छलफलको एजेण्डामा रहेको छ । सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव स्थायी समितिले पारित गरेकाले सोही विषयमा सचिवालयमा विस्तृतमा नेकपाले छलफल गर्न लागेको हो ।