२१ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालको दुई वटा इलेक्ट्रोनिक रेल जनकपुर आइपुग्यो

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०७७, शुक्रबार ०९:०६

काठमाडौ । भारतबाट खरिद गरिएको नेपालको दुई वटा इलेक्ट्रोनिक रेल जनकपुर आइपुगेको छ । नेपालको जनकपुर हुँदै भारतको जयनगर खण्डमा गुड्ने रेल आज परीक्षणका लागि जनकपुरधाम आइपुगेको हो। जनकपुरधाममा लगभग सात वर्षपछि रेल आउन थालेपछि जनकपुरधामको रेल्वे स्टेसनमा बच्चादेखि वृद्धसम्म रेल हेर्न उल्लेख्य भिड लागेको छ ।

नेपालको राष्ट्रिय झन्डा रातो र निलो रङमा तयार पारिएको रेल भारत सरकारले रेल्वे विभागलाइ हस्तान्तरण गर्ने कार्यक्रम छ । परीक्षणपश्चात विधिवत सञ्चालन नहुन्जेल रेललाई जयनगरमै राखिने रेल्वे विभागले जनाएको छ । ब्रोडगेज रेलखण्ड तयार भए पनि रेल नहुँदा सेवा सुचारु हुन सकेको थिएन ।

यसअघि रहेको न्यारो गेजलाई हटाएर भारतको सहयोगमा जयनगर–जनकपुर–कुर्थासम्म ब्रोडगेज रेलमार्ग निर्माण गरिएको छ । दुई बर्षअघि नै जनकपुर जयनगर रेल सञ्चालनको तयारी सरकारले गरेको थियो । पाँचवटा डिब्बासहितको यो रेलमा एकपटकमा १३ सय जनाले यात्रा गर्न सक्छन् । विभागले भ्याटबाहेक ८६ करोडमा दुई वटा रेल भारतीय कम्पनीमार्फत खरिद गरेको हो ।