५ आश्विन २०८२, आईतवार
Follow Us

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१६ आश्विन २०७७, शुक्रबार ०५:२७

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । चितवन र रुपन्देहीमा एक–एक जना पुरुषको मृत्यु भएको हो । चितवनको भरतपुर अस्पतालमा मकवानपुरको हेटौडा उपमहानगरपालिका न्यूरेनी बस्ने ७८ वर्षीय पुरुषको आज मृत्यु भएको अस्पतालले जनाएको छ । उनी असोज १५ गते चितवन मेडिकल कलेजवाट भरतपुर अस्पताल रिफर भएका थिए ।

त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको पनि गएराति उपचारको क्रममा मृत्यु भएको छ । उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

धनुषाको जनकपुर उपमहानगरपालिका दुईका छ वर्षीय बालकको पनि कोरोनाका कारण मोरङको विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । ति बालकमा मेनेन्जाइटिसको समस्या समेत थियो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणवाट मृत्यु हुनेको संख्या ५ सय १२ पुगेको छ ।

धेरै पढिएको