२५ बैशाख २०८१, मंगलवार
Follow Us

सांसद गगन थापालाई कोरोना संक्रमण

नेपालब्रिटेन डट कम्
१७ आश्विन २०७७, शनिबार २०:१५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापालाई कोरोना संक्रमण देखिएको छ।

दुई दिनअघिदेखि कांग्रेसले पार्टी कार्यालयमा स्वाब संकलन गरेको थियो। शनिबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ।

केन्द्रीय सदस्यसहित २५० जनाको स्वाब संकलन गरिएको थियो।

‘असाेज १५ गते पार्टी कार्यालयमा भएकाे पिसिआर परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ। मेरो स्वास्थ्य अवस्था सामान्य छ। अहिले म घरमै आइसोलेसनमा छु,’ थापाले भने, ‘यसबीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।’

तीमध्ये थापा, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ।