१६ बैशाख २०८१, आईतवार
Follow Us

रोल्पामा लागूऔषध कारोबार गर्ने पाँच जना पक्राउ

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०७७, आईतवार ०६:०४

रोल्पा । रोल्पामा लागूऔषध कारोबार गर्ने पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रुकुम पूर्व भूमे कि ज्योती घर्ती, निसा पुन, दाङ हारपुर कि दिलप्रभा बुढा, सुर्खेत गुर्भाकोटका मोतीलाल परियार र गाडी चालक रोल्पा सुनछहारीका यामबहादुर घर्तीमगर रहेका छन् ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका दुई खुङ्ग्रीबाट प्रहरीले आठ किलो तीन सय ग्राम अफिमसहित उनीहरु पक्राउ परेका हुन् । रोल्पाको सुलिचौरबाट दाङ जाँदै गरेको बा १५ च ३७७६ नम्बरको गाडीवाट उनीहरु पक्राउ परेका हुन । केही दिनअघि मात्रै रोल्पा प्रहरीले थबाङबाट ९ किलो अफिमसहित दुई महिलालाई पक्राउ गरेको थियो ।