४ आश्विन २०८२, शनिबार
Follow Us

मुग्लिन–नारायणगढ सडक २२ घण्टादेखि अवरुद्ध, हजारौं यात्रु अलपत्र

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०८२, शनिबार १२:१२

काठमाडौं । हिजो बेलुका साढे ६ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अझै खुलेको छैन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने तुइन खोलामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

पहिरोले सडकमा झन्डै एक सय ६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइको गेग्रान जम्मा भएको छ । ढुङ्का झर्ने क्रम नरोकिएकोले पहिरो पन्छाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुर चितवनले जनाएको छ ।

कार्यालयका अनुसार अहिले नारायणगढ र मुग्लिन दुवै तर्फबाट मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो खस्ने क्रम रोकिएमा बेलुकासम्ममा सडक खुलाउन सकिने आशा रहेको कार्यालयले जनाएको छ । रातभर सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

कार्यालयले सकेसम्म वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । विकल्पमा पूर्वबाट आउने साना गाडीले हेटौँडा–कुलेखानी र पश्चिमबाट आउने गाडीले कालिगण्डकी करिडोरको सडक अवस्था हेरेर प्रयोग गर्न गर्ने सडक डिभिजन कार्यालय भरतपुरका ईन्जिनियर कृष्णप्रसाद आचार्यले बताएका छन् ।

धेरै पढिएको