४ आश्विन २०८२, शनिबार
Follow Us

नेपाल पर्यटन व्यवसायी संघको नयाँ कार्यसमिति चयन

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०८२, शनिबार १२:००

काठमाडौं । नेपाल पर्यटन व्यवसायी संघ (नाटो) मा विश्वेश श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

राजधानीमा आज भएको बार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । आगामी तीन वर्षका लागि चयन गरिएको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा रुपेश जोशी, द्वितीय उपाध्यक्षमा डम्बर पराजुली, तृतीय उपाध्यक्ष शिबेश श्रेष्ठ, चौथो उपाध्यक्ष सर्वोत्तमलाल श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै, सचिवमा अभिषेक बिक्रम शाह, महासचिव दीना लामिछाने र कोषाध्यक्षमा सुन्द्र गुरूवाचार्य चयन भएका छन् । त्यसैगरी, राज ज्ञवाली, हरि पराजुली, गम्भीर श्रेष्ठ, सुनिल राना, जुगेश श्रेष्ठ, दावा जिम्बा र शिखर प्रसाईं चुनिएका छन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले ३३ वर्षदेखि गर्विलो इतिहास बोकेको संघलाई नेपालको पर्यटन उद्योगमा उत्पन्न भएका नयाँ चुनौतीहरूको समाधान गर्दै अझ बलियो र प्रतिस्पर्धी बनाउँदै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

धेरै पढिएको