१६ बैशाख २०८१, आईतवार
Follow Us

सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०७७, आईतवार ०९:३५

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । अदालतका न्यायाधीश, अधिकृत र कर्मचारीमा कोरोना देखिएपछि अदालतको काम समेत प्रभावित भएको छ ।

सर्वोच्च अदालतले विज्ञप्ति प्रकाशित गर्दै संक्रमित सबै आइसोलेसनमा रहेको जनाएको छ । उनीरूको सम्पर्कमा पुगेका अन्य न्यायाधीश र कर्मचारी होम क्वारेन्टिनमा रहेको सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्च अदालतले संक्रमित न्यायाधीश र कर्मचारीहरूको विवरण भने सार्वजनिक गरेको छैन । तर सर्वोच्चका एक जना न्यायाधीशसहित परिवार नै संक्रमित भएका छन् । दुई जना न्यायाधीशलाई लक्षण देखिएको बताइएको छ ।

केही कर्मचारी पनि संक्रमित भएका छन् । न्यायाधीस र कर्मचारीमा संक्रमण पुष्टि भएपछि सर्वोच्चले एउटा इजलास बाहेक आज तोकिएका सबै इजलास बन्द गरेको छ । संक्रमित न्यायाधीशले प्रधानन्यायाधीशलाई आफू संक्रमित भएको जानकारी गराएपछि आजका लागि न्यायाधीश मनोजकुमार शर्माको एउटा मात्रै इजलास तोकिएको हो ।