१६ बैशाख २०८१, आईतवार
Follow Us

डा. केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरुद्धारा धर्ना

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०७७, आईतवार ११:४४

काठमाडौ । २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित भएका छन । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बस्नुभएका केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरुले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा धर्ना दिएका हुन् । जुम्लाबाट १९ औं अनसन सुरु गर्नुभएका केसीको अनसनको २१ औं दिनमा स्वास्थ्यमा समस्या समेत देखिन थालेको छ । आन्दोलित चिकित्सकहरुले विगतमा भएका सम्झौता कार्यान्वयन गर्दै केसीको जीवन रक्षाको माग गरेका हुन ।

नेपाल चिकित्सक संघले पनि केसीको माग पुरा गर्न माग गर्दै चिकित्सकहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । संघले तत्काल केसीका माग पुरा नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने समस्याबाट पीडित केसीलाई आइतबारबाट अक्सिजन समेत दिन थालिएको छ । १८ पटकसम्मको अनसनका क्रममा वार्ताको माध्यमबाट भएका सम्झौताहरु कार्यान्वयन नभएको भन्दै केसी शिक्षण अस्पतालमा अनसनमा रहेका छन । तर उनीसँग वार्ता गर्न सरकारले अहिलेसम्म पहल गरेको छैन ।