१६ बैशाख २०८१, आईतवार
Follow Us

थप २२५३ जनामा कोरोना संक्रमण, ७ संक्रमितको मृत्यु

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०७७, आईतवार ११:४६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १३२९ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।

उपत्यकामा थपिए १५९९
पछिल्लो २४ घण्टामा उपत्यकामा थप १ हजार ५ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३७३, ललितपुरमा १८७, भक्तपुरमा ९४ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा कोरोना संक्रमणबाट थप दुइ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा र ललितपुरमा एक एक जना पुरुषको संक्रमणबाट मृत्यु भएको छ ।