१६ बैशाख २०८१, आईतवार
Follow Us

प्रदेश ५ को प्रदेश सभा बैठकमा कांग्रेसको नाराबाजी

नेपालब्रिटेन संवाददाता
१९ आश्विन २०७७, सोमबार ०९:०६

बुटवल । नेपाली कांग्रेसले प्रदेश सभामा नाराबाजी गरेको छ । संसदीय मर्यादा कायम नभएको भन्दै नाराबाजी गरेको हो । राजधानी दाङ लैजानुको औचित्य पुष्टि गर्न आग्रह सरकारलाई आग्रह गरेको छ । प्रदेशसभामा राजधानी र नामाकरणसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै कांग्रेसले तानाशाही शैलीमा यो प्रस्ताव आएको भन्दै आपत्ती जनाएको हो ।

केपी शर्मा ओलीको बुई चढेर राजधानीको प्रस्ताव ल्याउन गलत भएको भन्दै जनताले खुसी मनाउने गरी अघि बढ्नुपर्ने उनले बताए । राजनीति स्वार्थका लागि राजधानी सारिएको तर्क कांग्रेसको छ । संसद अवरुद्धपछि आधा घण्टाका लागि बैठक स्थगित भएको छ ।