१६ बैशाख २०८१, आईतवार
Follow Us

वैज्ञानिक मैनाली नेपाली भाषी इञ्जिनियर्स एसोसिएसन नेदरल्यान्डको अध्यक्षमा सर्वसम्मत

नेपालब्रिटेन संवाददाता
१९ आश्विन २०७७, सोमबार ०९:१०

लन्डन । वैज्ञानिक डीपी शर्मा मैनाली नेपाली भाषी इन्जिनियर्स एसोसिएसन नेदरल्यान्डको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । कोरोना महामारीका बाबजुद नेदर्ल्यान्डका बिभिन्न शहरहरुमा छरिएर रहेका यस एशोसिएशनमा आबद्द ४३ जना इन्जिनियरहरुको समुहद्वारा भर्च्युअल सम्मेलनमार्फत मैनालीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरिएको हो ।

सम्मेलनले १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा सविना श्रेष्ठ (बैज्ञानिक र सेनियर भ्यालिडेशन इन्जिनियर), उपाध्यक्ष्य शशी दाहाल ९आइटी इन्जिनियर), सचिवमा समीप कार्की (सिविल इन्जिनियर), सहसचिवमा अनुराग भम्बानी (सिविल इन्जिनियर र पिएचडी अध्ययनरत), कोषध्यक्ष्यमा रेनुका गुरुङ श्रेष्ठ (डाटा वैज्ञानिक), सहकोषाध्यक्ष्यमा निकी श्रेष्ठ (आइटी इन्जिनियर), को–अर्डिनेटरमा नवराज गजमेर (इलेक्ट्रोनिक इन्जिनियर), सहकोअर्डिनेटरमा जिग्मे गुरुङ (इलेक्ट्रोनिक इन्जिनियर), आइटी कोअर्डिनेटरमा विश्वाश शाह (आइटी इन्जिनियर) रहेका छन् ।

यसैगरी सदस्यहरुमा सरु श्रेष्ठ (एरो स्पेस इन्जिनियर), सुमन भट्टराई (सिविल इन्जिनियर, पिएचडी अध्ययनरत) प्रविन बस्नेत (सिविल इन्जिनियर), सन्दीप मिश्र (सिविल इन्जिनियर), अशिम रिजाल (सिविल इन्जिनियर र पिएचडी) रहेका छन् ।

अध्यक्षमा निर्वाचित मैनालीले नेदरल्यान्डमा लामो समयदेखि बसोबास गर्दै आएका र शैक्षिक क्षेत्रमा विशेष योगदान दिएका छन् । मैनाली देल्फ्त युनिभसिटी अफ टेक्नोलोजी नेदरल्यान्डका वैज्ञानिक तथा इन्जिनियर हुन् । विश्व प्रसिद्ध विश्वबिद्यालयहरुमा अध्ययनरत बिद्द्यार्थीहरु, डाक्टर, इन्जिनियर, वैज्ञानिक तथा प्रोफेसरसमेतको सहभागिता रहेको यस एशिसिएशनको कार्यकाल दुई वर्षको हुनेछ ।

पश्चिम युरोपमा अवस्थित पानीमुनिको देश भनेर चिनिने सानो तर विश्वकै अति विकसित देश नेदरल्यान्ड शिक्षा क्षेत्रमा विश्व बिशिष्ट मानिन्छ। नेपालीहरुको ईतिहास यस देशमा त्यत्ति पुरानो नमानिए पनि छोटो अवधि मै थोरै संख्यामा रहेका नेपाली डायस्पोराले शिक्षा क्षेत्र र आविष्कारमा हालैमा अग्र स्थान लिन सफल भएका छन।

एशिसिएशनले निकट भविष्य मै युरोप स्तरिय शैक्षिक सम्मेलन गर्ने र एशोसियनलाई सम्पूर्ण युरोपमा बिस्तार गर्ने योजना स्वरुप अग्रज हरुको सुझाव सल्लाहलाइ प्रमुख प्राथमिकता दिने उद्देश्यले अधिवेशनले समाजसेवी हेमकुमार श्रेष्ठलाई प्रमुख अविभावकमा चयन गर्दै डा. अर्बिन्द मान तुलाधर , डा. निराजन ढकाल र डा. प्रतिक श्रेष्ठ रहने गरी सल्लाहकार समिति समेत गठन गरेको छ।