३१ बैशाख २०८१, सोमबार
Follow Us

डा. केसीको जीवन रक्षा गर्न सरकारसँग माग

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०७७, मंगलवार ०४:३६

काठमाडौं । मानव अधिकार तथा जनसरोकार समिति नेपाल बार एशोसिएशनले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सबै किसिमका उपायहरु तत्काल अबलम्बन गर्न सरकारसँग माग गरेको छ । समितिले एक विज्ञप्ति जारी गर्दै चिकित्सा क्षेत्रको सुधारको माग राख्दै २२ दिनदेखि अनसनमा बसेका डा. केसीको जीवन रक्षाका लागि सरकारसँग माग गरेको हो ।

समितिले डा. केसीका न्यायोचित मागहरुको सम्बोधनमा सरकार उदासिन रहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै नागरिकको जीवन रक्षा राज्यको परक कर्तव्य भएको बताएको छ । अनसनरत डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक हुँदै गएको बताउँदै समितिले सरकारले तत्काल डा. केसीको मागहरुको सम्बोधन गर्नुपर्ने माग गरेको छ ।