२१ बैशाख २०८१, शुक्रबार
Follow Us

डा. गोविन्द केसी निःस्वार्थी सत्याग्रही : नारायणकाजी श्रेष्ठ

नेपालब्रिटेन संवाददाता
२२ आश्विन २०७७, बिहीबार १२:३०

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसी निःस्वार्थी सत्याग्रही भएको बताएका छन् । फेसबुकमा आज श्रेष्ठले केसीको अनसनकै कारण चिकित्सा शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गरेका हुन् ।

प्रवक्ता श्रेष्ठले कोरोना महामारीविरुद्ध लड्ने बेलामा अनशन नबसेको भए हुन्थ्यो भन्ने आफुलाई लागेको पनि उल्लेख गरेका छन् । डा. केसीको मागमा केही असहमति भए पनि उनको जीवन महत्वपूर्ण भएको उनको भनाइ छ । उनले सरकारसँगको वार्ता परिणाममुखी हुने विश्वास पनि व्यक्त गरेका छन् । डा. केसीले अनसन बसेको २५ दिन हुँदा पनि सत्तारुढ नेकपाले भने औपचारिक प्रतिक्रिया जनाएको छैन ।