२३ बैशाख २०८१, आईतवार
Follow Us

नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु, २०७१ संक्रमित थपिए

नेपालब्रिटेन संवाददाता
२५ आश्विन २०७७, आईतवार १२:५४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १५५२ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ ।

उपत्यकामा थपिए १४१६ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११४५, ललितपुरमा १६१, भक्तपुरमा ११० संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा एक जना महिला र चार जना पुरुष, ललितपुरमा एक जना पुरुष र भक्तपुरमा दुइ जना पुरुषको संक्रमणबाट मृत्यु भएको छ ।