२४ बैशाख २०८१, सोमबार
Follow Us

कात्तिक ७ देखि विदेशी च्यानलमा विज्ञापन प्रसारण गर्न नपाइने

sarusaru
२८ आश्विन २०७७, बुधबार ०८:२२

काठमाडौँ। कात्तिक ७ गतेदेखि सरकारले नेपालमा विज्ञापनरहित (क्लिन फिड) विदेशी च्यानललाई मात्र प्रसारण अनुमति दिने भएको छ।

सञ्चार तथा सूचना प्रविधिक मन्त्रालयलाले बुधवार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो। नेपालमा विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रसारण गरेमा सरकारले च्यानल बन्द गर्ने चेतावनी समेत दिएको छ।

विज्ञापनरहित च्यानलमा नेपाली विज्ञापन पनि नराख्न संसदीय समितिले यसअघि नै सञ्चार तथा सूचना प्रविधिक मन्त्रालयलाई निर्देशन दिइसकेको छ। विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा (१)का अनुसार कात्तिक सात गतेदेखि नेपालमा क्लिन फिड लागू हुने मन्त्रालयले जानकारी गराएको छ।

मन्त्रालयले विज्ञप्तिमा नेपाल टेलिभिजन महासंघ बीबीसी न्यूज लगायत विभिन्न संघसंस्थाको मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै मिति सार्न आग्रह भए पनि लागू हुने मिति सार्न नसकिने प्रष्ट पारेको छ। ऐनले तयारीका लागि भन्दै एक वर्ष समय दिएको तर अझै पनि तयारीका लागि भनेर समय थप गर्न नसकिने मन्त्रालयले विज्ञप्तिमा जनाएको छ।

डिसी नेपाल