१८ बैशाख २०८१, मंगलवार
Follow Us

जनसम्पर्क समिति बेलायतद्धारा कोइरालाको स्वाथ्यलाभको कामना

नेपालब्रिटेन डट कम्
२२ असार २०७३, बुधबार ११:१०

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको सिघ्र स्वाथ्यलाभको कामना गरेको छ । जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङले बुधवार एक विज्ञप्ती जारी गर्दै कोइरालाको स्वाथ्य लाभको कामना गरेका हुन् । कोइरालाको स्वाथ्य गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
उपचारका क्रममै कोइरालाको मुटु केही क्षण बन्द हुन पुगेको ओम अस्पतालले जनाएको छ । कोइरालाले मंगलवार साँझ पिज्जा खाए पछि बान्ता सुरु भए पछि स्थिती गम्भीर हुदैं गए पछि अस्पताल भर्ना गरिएको थियो । उनलाई निमोनियाले समेत समातेको बताएको छ । उनको उपचारमा उनकी श्रीमति सुपत्रा कोइराला सहित १५ जना डाक्टरहरुको समूह सकृय छ ।