२२ बैशाख २०८१, शनिबार
Follow Us

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

नेपालब्रिटेन डट कम्
११ कार्तिक २०७७, मंगलवार २२:१९

पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ वनहरा आर्यघाट जाने बाटो नजिक मङ्गलवार साँझ दुई मोटरसाईकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। अर्का घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार मोटरसाईल ठोक्किदा मृत्यु हुनेमा भिमदत्त नगरपालिका–६ ऐठपुर बस्दै आएका वर्ष ४२ का विष्णु ज्ञवाली रहेका छन। गोदावरी नगरपालिका–१० का ३४ वर्षीय युवराज जोशी सख्त घाइते भएका छन्।

पश्चिमबाट पूर्व तर्फ जादै गरेको लु ६० प ७१४० नम्बरको मोटरसाइकलमा सवार जोशी र विपरित दिशाबाट आउदै गरेको ज्ञवालीले चलाएको म १ प ९६२८ नम्बरको मोटरसाईल एक आपसमा ठोक्किएका हुन।

दुर्घटनामा गम्भीर घाइते भएका ज्ञवालीको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। जोशीको शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारलाई महाकाली अस्पताल महेन्द्रनगर पठाइएको छ। मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। रासस