१६ बैशाख २०८१, आईतवार
Follow Us

चौरसिया हत्या प्रकरणलाई राजनीतिकरण गरियो : गंगा पन्त एसपी

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०७७, बिहीबार ०५:४९

काठमाडौं । पर्सा प्रहरी प्रमुख गंगा पन्तले मुकेश चौरसिया हत्या प्रकरणमा असम्बन्धित मानिसको नाम जोडेर राजनीतिकरण भएको बताएकी छिन् । उनले घटनाबारे प्रहरी अनुसन्धान जारी रहेको र दोषीलाई कारबाहीको दायरामा ल्याइने बताएकी हुन् । घटनामा संलग्न नै नभएका मानिसको नाममा किटानी जाहेरी दिइएकाले मात्रै प्रहरीले मुद्दा दर्ता नगरेको प्रहरी उपरीक्षक पन्तको भनाइ छ ।

घटनमा संलग्नको मात्रै नाम राखेर किटानी जाहेरी दर्ता गर्न आग्रह गर्दा पीडित पक्ष नआएको प्रहरी प्रमुख पन्तको भनाइ छ । घटना लगत्तै प्रहरीले अनुसन्धान शुरु गरेको र जाहेरी कुरेर नबसेको उनले बताइन् । घटनाको अनुसन्धानमा प्रहरीले कुनै कमजोरी नगरेको र कसैको दवाबमा घटनाको अनुसन्धान पनि नरोकिएको पनि पन्तले उल्लेख गरिन् ।

घटनामा सग्लन भएको आशंकामा आठ जना पक्राउ गरेकोमा दुई जनालाई हिरासतमा राखेर अनुसन्धान भैरहेको र अन्यलाई छाडिएको पनि पन्तले बताइन् ।