३० बैशाख २०८१, आईतवार
Follow Us

अर्घाखाँचीमा शव उत्खनन् गरेर दाहासंस्कार

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०७७, मंगलवार ०६:२७

अर्घाखाँची । अर्घाखाँचीमा कोरोना संक्रमितको शव गाडेको पाँच महिनापछि उत्खनन गरेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । मालारानी गाउँपालिका ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटो मै मृत्यु भएको थियो ।

स्वाव परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोनाका कारण ज्यान गुमाएका उनको शवको अबशेषलाई महिनापछि उत्खनन गरेर अन्तिम संस्कार गरिएको हो ।

कोरोना पोजेटिभ देखिएपछि शव कसरी व्यवस्थापन गर्ने विषयमा विवाद हुदा शवलाई २ दिनसम्म खुल्ला चौरमा राख्न परिवारका सदस्य बाध्य भएका थिए । परिवारले चाहेको ठाँउमा शव व्यवस्थापन र परम्परा अनुसार काजकिरिया गर्न नपाएकाले अहिले गरेको हो ।