लण्डन । गैरआवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष तथा साहित्यकार हिक्मत थापालाई पितृशोक परेको छ ।
पारिवारीक स्रोतका अनुसार थापाका बुवा गगनसिहं थापाको ७३ वर्षको उमेरमा बुधवार बिहान काठमाण्डौंमा निधन भएको हो ।
अछामको पाटेखेतमा जन्मनु भएका थापाले १ दर्जन भन्दा बढी कृति प्रकाशन गर्नुभएको थियो ।
सोह् सौगात, कर्णाली छेउछाउ, पुर्खाको चिट्ठी, मेरो मधुशाला, उज्ज्वली, महाप्रलय लगायतका कृति प्रकाशन गर्नुभएको थियो ।
उहाँ मरुभूमिकी महारानी कृति प्रकाशन गर्ने तयारीमा हुनुहुन्थ्यो ।