२० बैशाख २०८१, बिहीबार
Follow Us

२९०९ कोरोना संक्रमित थपिए, थप १८ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२१ कार्तिक २०७७, शुक्रबार १२:४९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ९०९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५०० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ५२ हजार ९०८ जना स‌ंक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हहजार ९०५ रहेको छ । क्वारेन्टिनमा १ हजार २५४ जना रहेका छन् ।