३० बैशाख २०८१, आईतवार
Follow Us

सल्यानमा जिप दुर्घटना हुदाँ ३ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२३ कार्तिक २०७७, आईतवार ०२:४१

काठमाडौं । सल्यानमा जिप दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ४ को तिबाङघारीको भीरबाट जीप खस्दा तीन जनाको मृत्यु भएको हो।

शनिबार दाङको तुलसीपुरबाट रोल्पाको सुका ओराल जाँदै गरेको लु १ ज २९११ नम्बरको डबल क्याप जीप सल्यानको तिबाङघारीको भीरबाट खस्दा घटनास्थलमै तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

ज्यान गुमाउनेमा रोल्पा गङगादेब गाउपालिका ७ बस्ने भीम बहादुर वली सोही ठाउँका १७ वर्षीय भीम राज बुढा र गङगादेब गाउँपालिका ५ का गन्जमान बुढा रहेको प्रहरीले जनाएको छ ।

उकालोमा गाडा चड्न नसकेपछी ब्याक भएको गाडी भिरबाट खसेको बताएको छ। सात जना सवार उक्त जीपमा अन्य ४ जना भने सकुशल नै रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रबक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलिले जानकारी छ्न। गाडी सडकबाट करिब एकसय मिटर तल भिरमा खसेको उनले बताएका छन। घटनाबारे थप बिस्तृत अनुसन्धान थालिएको प्रहरिले बताएको छ।