२९ बैशाख २०८१, शनिबार
Follow Us

मध्यान्न अघिसम्म कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०७७, मंगलवार ०५:१३

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ । झापामा तीन, रुपन्देही र बर्दियाका दुई-दुई र दाङ र चितवनमा एक–एक जनाको मृत्यु भएको हो । बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका तीनजनाको उपचारको क्रममा ज्यान गएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका २ का २९ वर्षीय पुरुष, बासगढी नगरपालिका–८ का ३५ वर्षीय पुरुष र दाङ घोराही उपमहानगरपालिका १५ का ६४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । झापा हल्दीबारी –४ का ७२ बर्षिय पुरुषको पनि उपचारको क्रममा नोबेल अस्पतालमा मृत्यु भएको छ ।

त्यस्तै कचनकबल गाँउपालिका ६ की ६८ वर्षीया महिलाको पनि सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै मेचिनगर २ का ८६ वर्षीय बृद्धको पनि नोबल अस्पतालमै उपचारको क्रममा मृत्यु भएको छ ।

त्यस्तै मेडिकल कलेजमा उपचाररत चितवनको भरतपुर १९ का ७७ वर्षीय वृद्धको पनि उपचारको क्रममा मृत्यु भएको छ । यसैगरी रुपन्देहीको भिम अस्पतालमा उपचारका क्रममा दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धार्थ नगर नगरपालिका १२ का ७० वर्षीय पुरुष र लुम्बिनी सांस्कृतिक नगरपालिका १० का ४७ वर्षीया महिला रहेका छन् । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १ हजार १ सय ३५ जना पुगेको छ ।