२४ बैशाख २०८१, सोमबार
Follow Us

जनकपुरमा एक महिलामाथि एसिड प्रहार

नेपालब्रिटेन संवाददाता
२९ कार्तिक २०७७, शनिबार ०६:०१

जनकपुर । जनकपुरमा एक महिलामाथि एसिड प्रहार भएको छ । जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरका सुवोध साहका २६ वर्षीया छोरी आरती साहमाथि एक युवकले आज विहान एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते साहको जनकपुरको जानकी हेल्थकेयरमा उपचार भैरहेको छ ।

जनकपुरको देवपुरा रुपैठा घर भएकी आरती माइती घरमा बसिरहेको समयमा एसिड आक्रमण भएको हो । धनुषा प्रहरीले एसिड प्रहार गर्नेको खोजी गरिरहेको जनाएको छ ।