२४ बैशाख २०८१, सोमबार
Follow Us

प्रम ओलीलाई भेटेरै बामदेवले भने- तपाईंको मन्त्रिमण्डलमा बस्दिनँ

नेपालब्रिटेन संवाददाता
३० कार्तिक २०७७, आईतवार ११:५२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज भेट गरेका छन् । पार्टीभित्रको विवादमा कसरी समाधान गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले गौतमलाई बालुवाटार बोलाएका थिए । पछिल्लो समय ओलीले गौतमलाई उपप्रधानमन्त्री सहित सरकारमा सहभागी हुन आग्रह गरेको थिए । तर जवाफमा गौतमले तपाईको मन्त्रिमण्डलमा बसिँदैन भन्ने जवाफ फर्काएका थिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिन आग्रह गरेका छन् । आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा गौतमले ओलीलाई यस्तो आग्रह गरेका हुन् ।

करिब एक घण्टा भएको छलफलमा गौतमले पार्टीभित्रको विवाद उच्च तहमा पुग्नुमा प्रधानमन्त्री ओली नै दोषी रहेकाले अरुलाई आरोप लगाएर उम्किन नपाउने बताएका हुन् । यसअघि शुक्रबार पनि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधब नेपाल र गौतमसँग छलफल गरेका थिए ।