३१ बैशाख २०८१, सोमबार
Follow Us

१४७७ संक्रमित थपिए, २७९८ संक्रमणमुक्त

नेपालब्रिटेन संवाददाता
३० कार्तिक २०७७, आईतवार ११:५५

काठमाडौं । विगत २४ घन्टामा नेपालमा १ हजार ४ सय ७७ जना नयाँ संक्रमित थपिएका छन् भने २ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । ६ हजार ४ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ६५ महिला र ९ सय १२ जना पुरुष संक्रमित थपिएका हुन् ।

आइतबार ६ जना संक्रमितको निधन भएको छ । आज थपिएका छजनासँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय २१ पुगेको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौंमा ६३२, ललितपुरमा १३३ र भक्तपुरमा ४२ जना संक्रमित थपिएका छन् । आइतबार प्रदेश १ मा १२८, प्रदेश २ मा १८, बागमतिमा ९१७, गण्डकीमा ६४, लुम्बिनीमा २८२, कर्णालीमा १२ र सुदूरपश्चिममा ५६ जना संक्रमित थपिएका छन् ।

झापामा २२, मोरङमा ३२, सुनसरीमा २६, कास्कीमा ३९, दाङमा ६४, रुपन्देहीमा ९१ र कैलालीमा ३३ जना संक्रमित थपिएका छन् । काठमाडौं र ललितपुरमाबाहेक धेरै संक्रमित थपिएका जिल्ला हुन् ।