३१ श्रावण २०८२, शनिबार
Follow Us

११९७ संक्रमित थपिए, आज २९३४ जना संक्रमणमुक्त

नेपालब्रिटेन संवाददाता
१ मंसिर २०७७, सोमबार १२:०८

काठमाडौं । विगत २४ घन्टामा १ हजार १ सय ९७ जना संक्रमित नेपालमा थपिएका छन् । ४ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ६२ महिला र ७ सय ३५ पुरुष गरी १ हजार १ सय ९७ जना संक्रमित थपिएका हुन् । सोमबार २ हजार ९ सय ३४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणबाट सोमबार ९ जनाको निधन भयो । आज थपिएका ९ सँगै नेपालमा संक्रमणबाट निधन हुनेको संख्या १ हजार २ सय ३० पुगेको छ ।

काठमाडौं उपत्यकामा ५ सय १ जना थपिएका छन् । काठमाडौंमा ३ सय ७३ जना, ललितपुरमा ८४ र भक्तपुरमा ४४ जना थपिएका छन् । उपत्यकाबाहेक झापामा ३०, मोरङमा १ सय १३, सुनसरीमा ९८, कास्कीमा ९३, नवलपरासीमा ३३, बाँकेमा २७ र कैलालीमा ७२ जना संक्रमित थपिएका छन् ।

यस्तै प्रदेश १ मा २ सय ६०, प्रदेश २ मा २३, बागमतिमा ५ सय ८०, गण्डकीमा १९८, लुम्बिनीमा ५४ र सुदूरपश्चिममा ९१ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेसित गरेको विज्ञप्तिमा उल्लेख छ ।

धेरै पढिएको