२२ बैशाख २०८१, शनिबार
Follow Us

५०२ संक्रमित थपिए, आज १७ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२ मंसिर २०७७, मंगलवार ११:२८

काठमाडौं । तिहारका कारण पीसीआर परीक्षण गराउनेको संख्यामा कमी आएसँगै संक्रमितको संख्या ५ सय २ जनामा सीमित भएको छ । आज २ हजार ८ सय ८७ जना संक्रमणमुक्त भए । ३ हजार १ सय १२ जनाको पीसीआर टेस्ट गर्दा २ सय ४ जना महिला र २ सय ९८ जना पुरुष संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ७८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने १ लाख ७९ हजार २ सय ४२ छन् । निको हुने दर पनि वृद्धि भएर ८४ दशमलव ८ प्रतिशत पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३०९६८ रहेको छ । त्यो भनको संक्रमितको १४ दशमलव ६ प्रतिशत हो । मंगलबार १७ जनाको निधन भएको छ । नेपालमा संक्रमणबाट निधन हुनेको संख्या १ हजार २ सय ४७ जना पुगेको छ ।

काठमाडौं उपत्यकामा विगत २४ घन्टामा ३ सय ३९ जना संक्रमित थपिएका छन् । त्यसमध्ये १ सय ४६ महिला र १ सय ९३ जना पुरुष रहेका छन् । काठमाडौंमा २८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जना संक्रमित थपिएका हुन् ।

प्रदेश १ मा ८, प्रदेश २ मा २७, बागमतिमा ३८०, गण्डकीमा १८, लुम्बिनीमा ६७, कर्णाली ० र सुदुरपश्चिममा २ जना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकाबाहेक झापामा ६, धनुषामा ११, महोत्तरीमा ५, चिवतनमा १८, मकवानपुरमा १२, नवलपरासी पूर्वमा ९, पाल्पामा १८, रुपेन्देहीमा ३६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।