२१ बैशाख २०८१, शुक्रबार
Follow Us

१४४२ संक्रमित थपिए, बुधबार ३५३८ जना डिस्चार्ज

नेपालब्रिटेन संवाददाता
३ मंसिर २०७७, बुधबार ११:००

काठमाडौं । विगत २४ घन्टामा १ हजार ४ सय ४२ जना संक्रमित थपिएका छन् भने ३ हजार ५ सय ३८ जना संक्रमणमुक्त भएका छन् । बुधबार ६ हजार ७ सय ३१ जनाको पीसीआर टेस्ट गराउँदा ५ सय ३४ महिला र ९ सय ८ जना पुरुष संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा प्रा.डा. जागेश्वर गौतमले बताए ।

काठमाडौं उपत्यकामा विगत २४ घन्टामा १ हजार ३८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ८२२, ललितपुरमा १६८ र भक्तपुरमा ४८ जना संक्रमित थपिएका छन् । त्यसमध्ये ४०३ जना महिला र ६३५ जना पुरुष रहेका छन् । यसैगरी प्रदेश १ मा ५६ जना, प्रदेश २ मा ४१, बागमति प्रदेश ११७२, गण्डकी प्रदेश १००, लुम्बिनी ६३, र सुदूरपश्चिम १० जना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकाबाहेक सबैभन्दा धेरै संक्रमित रहेको जिल्लामध्ये झापामा १६, मोरङमा २९, चितवनमा १०५, कास्कीमा ३२, नवलपरासी पूर्वमा २३, दाङमा १६ जना संक्रमित थपिएका छन् । विगत २४ घन्टामा १२ जना संक्रमितको निधन भयो । नेपालमा संक्रमणबाट निधन हुनेको संख्या १ हजार २ सय ५९ जना पुगेको छ ।