२९ बैशाख २०८१, शनिबार
Follow Us

हाम्रो टीम नेपालले थाल्यो निःशुल्क खाद्यान्न वितरण अभियान

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०७७, बिहीबार १०:११

काठमाडौं । खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले निःशुल्क खाद्यान्न वितरणको अभियान पनि थालनी गर्न थालेको छ ।

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन आग्रह गरेपछि अहिले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल छेउमा खाना खुवाइरहेको हाम्रो टीमले खाद्यान्न सहयोग पनि थालेको हो । महानगरपालिकाले उपलब्ध गराएको स्थानमा आउन नसक्ने र घरमा पकाएर खाने अवस्था भएकाहरुको हकमा निःशुल्क खाद्यान्न वितरण गर्न थालिएको हो ।

महानगरपालिकाले थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पछाडिपट्टी रहेको खुला ठाउँ उपलब्ध गराएपछि बुधबारबाट सोही ठाउँमा निःशुल्क खाना खुवाउन थालिएको हो । नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार निर्माण महानगरपालिकाले गरिदिने सम्झौता छ ।