३० बैशाख २०८१, आईतवार
Follow Us

२१०३ संक्रमित थपिए, २८५८ संक्रमणमुक्त

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०७७, बिहीबार ११:३१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन् । ९ हजार ८ सय ५ जनाको पीसीआर टेस्ट गर्दा ८६४ जना महिला र १२३९ पुरुष संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा १ हजार २ सय २९ जना संक्रमित थपिएका छन् । त्यसमध्ये ५ सय १३ जना महिला र ७ सय १६ पुरुष रहेका छन् । काठमाडौंमा ९६५, ललितपुरमा १८९, भक्तपुरमा ७५ जना संक्रमित थपिएका छन् ।

उपत्यकाबाहेक सबैभन्दा बढी संक्रमित थपिएका जिल्लाहरुमा झापामा ५१, मोरङमा १२८, सुनसरीमा ७९, चितवनमा ८०, कास्कीमा ७६ र रुपन्देहीमा ५७ जना छन् ।

यस्तै प्रदेश १ मा २९०, प्रदेश २ मा ७७, बागमति प्रदेशमा १३८७, गण्डकी प्रदेशमा १५४, लुम्बिनीमा १६५, कर्णालीमा ६ जना र सुदूरपश्चिममा २४ जना संक्रमित थपिएका छन् ।

नेपालमा कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २७६ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ । क्वारेन्टिनमा भने ७६७ जना रहेका छन् । नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।