२१ बैशाख २०८१, शुक्रबार
Follow Us

अध्यक्ष दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०७७, सोमबार ०६:४०

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार विहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेकी छिन् । सत्तारूढ नेकपाभित्र विवाद उत्कर्षमा पुगेको बेला उनी दाहाललाई भेटन खुमलटार पुगेकी हुन् ।

भेटमा नेपाल चीन सम्वन्ध, नेकपाको पछिल्लो विवाद लगायतका विषयमा कुराकानी भएको बुझिएको छ । भेटबारे दाहाल सचिवालयले कुनै जानकारी दिएको छैन । भेटमा चिनियाँ रक्षा मन्त्री वेइ फेङहे अर्को साता हुने नेपाल भ्रमणका विषयमा पनि छलफल भएको बताइएको छ । उनी मंसिर १४ गते काठमाडौं आउँदैछन् ।

नेकपामा विवाद बढ्दै गएपछि गत मंसिर दुई गते राती राजदूत यान्छीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेकी थिइन् । चिनले नेकपाका नेताहरुलाई मिल्न सुझाव दिने गरेको छ ।